ललितपुरका एक शिक्षकको कोरोनाका कारण निधन

ललितपुर । कोन्ज्योसोम दल्चोकीका नवराज सापकोटाको कोभिड १९ का कारण पाटन अस्पतालमा उपचाररत अबस्थामा आजै दिउँसो १ बजेतिर असामयिक निधन भएको छ । केहिदिन अघि देखि अस्पतालमा भर्ना भइ आइसियुमा समेत राखी उहाँको उपचार हुदै आएको थियो ।
सबैको मिलनसार, सहयोगी, तथा ललितपुरको लगनशील शिक्षक सापकोटा दमाईटार आधारभुत विद्यालय, गोदामचौरमा शिक्षण पेशामा सम्लग्न हुनुहुन्थ्यो ।