अन्तराष्ट्रिय बालदिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

ललितपुर । लेले स्थित जयलकुमारी आधारभुत बिद्यालयमा अन्तरास्ट्रिय बालदिवस नोभेम्वर २० को अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र, ललितपुरद्वारा संचालित सामुदायिक विकास परियोजनाको कार्यक्षेत्र भित्र रहेको गोदावरी ५ लेलेको जयलकुमारी आधारभुत बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोदावरी नगरपालिका वडा नं.५ का वडा सदस्य इश्वर मान डंगोलले बालबालिकालाई उक्त सामाग्री वितरण गरेका थिए । शैक्षिक सामग्रीमा बिद्यालय पोसाक, विभिन्न स्टेसनरी सामग्री र ट्राकसुट कपडा रहेको छ । उक्त शैक्षिक सामाग्री बिद्यालयको पहलमा गोदावरी नगरपालिका, गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्र, ललितपुरबाट प्राप्त भएको बिद्यालयको प्रधानाध्यापक दिपक श्रेष्ठ बताए। उक्त बिद्यालयका अधिकांश बालबालिका इटा उद्योगमा काम गर्ने तथा दैनिक ज्यालामा काम गर्ने कृषि मजदुरका छोराछोरी रहेको बिद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए । अत्यन्त न्यून आयश्रोत भएका अभिभावकको छोराछोरीहरुले अध्ययन गर्ने बिद्यालयमा यसरी शैक्षिक सामाग्री सहयोग गरेकोमा अभिभावक तथा विद्यार्थीहरुले खुसि ब्यक्त गरेका छन् ।