काठमाडौं । सर्वोच्च अदालतमा बहसका क्रममा वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठले न्यायालयले संविधानवादमा नडगमगाउन भन्दै लोकतन्त्रमा कुठाराघात गर्नेहरुलाई न्यायालयले अंकुश लगाउनुपर्ने र अझैपनि हामीलाई न्यायालयको विश्वास छ भनेर भनेका थिए भने न्यायधीश डा. आनन्दमोहन भट्टराईले अझैपनि होईन सधैभरि भन्नु न भन्दै हासो गरेका थिए । शुक्रवार अधिवक्ता स्वागत नेपाल, अधिवक्ता त्रिलोक बहादुर चन्द, अधिवक्ता प्रेमराज सिलवाल समेतले माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने र अभिव्यक्तिको स्वतन्त्रता माथि सरकारले निषेध गर्न खोजेको भन्दै भन्दै सर्वोच्च अदालतमा दर्ता गराएका रिट निवेदनको छलफलको क्रममा न्यायाधीश डा. भट्टराईले सधैभरि न्यायालयको विश्वास गर्न र न्यायालयले आफ्नो जिम्मेवारी पुरा गरिरहेको कुरा इजलाशबाटै भन्नुभएको थियो ।यसै सन्र्दभमा माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण पनि सर्वोच्च अदालतले मागेको छ भने अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
वरिष्ठ अधिवक्ताले, अझैपनि अदालतको विश्वास छ भनेपछि

Leave a Reply