काठमाडौं । विश्व प्रसिद्ध योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णद्धारा प्रशिक्षित श्रीपशुपतिनाथ परिसर स्थित हंश मण्डपमा एक दिने योग शिविर समापन भएको छ । आईतवार बिहान सम्पन्न उक्त शिविरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पे्रमबहादुर आले र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णलाई सम्मान गरेका थिए । मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धनका लागि स्वामी रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न अनुरोध पत्र समेत हस्तान्तरण गरेका थिए । स्वामी रामदेवले उक्त अनुरोधलाई मुर्त रुप दिनका लागि योजना सहित आफु प्रस्तुत हुने बताए । उक्त कार्यक्रममा आचार्य बालकृष्णले आयुर्वेदको प्रवद्र्धनका लागि जडिबुटि खोज गरि नेपालको गरिमा बढाउन सकिने जनाए ।
पशुपति क्षेत्र विकास कोषको समन्वयमा मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा मन्त्री आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि पर्यटन दूत बन्न प्रस्ताव राखेकोे बताए।नेपाल बुद्ध र सगरमाथाको देश भनेर विश्वभरी चिनाउन योग गुरु रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेको भनाई छ ।योग गुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा आफुले विश्वास राखेको मन्त्री आलेले बताए ।
योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने पनि बताए। योग गुरु रामदेवको चार दिने नेपाल भ्रमणको अन्तिम दिन आईतवार हंशमण्डपमा योग शिविर सहित श्रीपशुपतिनाथ दर्शन गर्ने कार्यक्रम सम्पन्न भएको हो । छोटो समय अवधिमा कार्यक्रमको तयारी गरेको भन्दै स्वामी रामदेवले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद दिएका छन् ।
Leave a Reply