१,
स्वर्ण असर्फी बनी देखिए रवि क्षितिजमा
हेर्दैछु अपूर्व कलात्मक छवि क्षितिजमा
प्रकृतिले अनेक रूपमा जग सिङ्गारेकी
भाव बगाई सिर्जना गर्छ कवि क्षितिजमा !
२
आज सुस्तरी शितल वतास आएको छ
वताससँगै मगमगाउँदो सुवास आएको छ
बटुलीरहेछु म यत्रतत्र छरिएका खुसीहरू
मनभरि उसकै मधुर याद खास आएको छ !
३
केशरी उडाउँदै पुष्प बादल चुम्न खोजेको
मेघ भने फनफनी आकाश घुम्न खोजेको
शान्त नीलो गगन दुईको लुकामारी हेरेर
प्रेमिल त्यो मनसुनमा हेर झुम्न खोजेको !
४,
सिउँदो रङ्गाउन धराको गगनले सिन्दूर लिएका
पग्लिई शैलले जलधारा सिंचेर जीवन दिएका
जननी मख्ख देखिन्छिन् अन्न, फल उब्जाएर
समस्त जीव जगतमा सयर गरी गरी जिएका !
५,
निश्चल गम्भीर तलाउमा प्रकृतिले ऐना हेरेको
चाँदी जडित पहाडले सीमाना किल्ला घेरेको
आँगन कतै सुन त,कतै रूवी गलैंचाले सोभित
धराको दीव्यता हेर्न बादलले छिनमै रूप फेरेको !
निरू गौतम
मोरङ
Leave a Reply