काठमाडौं । पशुपतिनाथ –काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली शुरु भएको छ । भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा भारतीय राजदूतावासले आयोजना गरेको पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल ¥यालीमा ५० वटा मोटरसाइकल यात्री सहभागी भएका छन् ।
उक्त ¥याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्ने स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार वाराणसीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव सर्किटको विकास हुनु अपरिहार्य भएको बताएका छन् । मोटरसाइकल यात्रीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै ¥यालीले नेपाल भारतको सांस्कृतिक सम्वन्धमा थप गाढा भएको बताएका थिए ।
पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नुका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवद्र्धनमा मन्त्री आलेले जोड दिएका थिए ।समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उनले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय भएको उल्लेख गरेका थिए ।
साथै, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताए ।
पशुपतिनाथको प्रागंणबाट काशी विश्वनाथ सम्मको यात्रा गर्ने सहभागीहरुलाई सफल यात्राको शुभकामना दिदै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापा भनें ः“अमृत महोत्सव मोटरसाईकल ¥यालीको” माध्यमबाट हामी प्रेम, शान्ति, दया, करुणा र मित्रताको सन्देश प्रवाह भईरहेको प्रष्ट रुपमा देख्न सक्दछौ । “बशुधैव कुटुम्वकम् ” को भावनालाई ब्यवहारिक रुपमै चरितार्थ भएको छ ।र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले ¥यालीमा सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।
Leave a Reply