राष्ट्रिय जनगणनामा संस्कृत भाषालाई प्राथमिकतामा राखि तथ्याकं दिन अनुरोध

काठमाडौं । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले राष्ट्रिय जनगणना २०७८ मा संस्कृत भाषालाई प्राथमिकतामा राखि तथ्याकं दिन अनुरोध गरेको छ । कार्तिक २१ गते आईतवार परिषद्ले जारी गरेको विज्ञप्तिमा नेपालको उत्पत्तिदेखि ऋषिहरुको तपोभुमि भनिएको छ । विज्ञप्तिमा उल्लेख छः हाम्रा पुर्खाहरुले नै संसारलाई ज्ञानको चेतनासंगै संस्कृत भाषाको प्रकाशले आलोकित बनाए । हामीले आफ्नो गौरवगान गर्ने भाषा र धर्मबाटै हो । भाषा र धर्म हामीलाई ईतिहास, बर्तमान र भविष्यको रेखामा अविचलित बनाई आफ्नो अस्तित्वको बोध गराउने मानक मेरुदण्ड हो, भनिएको छ ” ।  त्यसैले कार्तिक २५ गते देखि हुने राष्ट्रिय जनगणनामा भाषा र धर्मका महलमा संस्कृत भाषा र हिन्दु धर्मलाई विवरणमा तथ्याकं दिन अनुरोध गरिएको छ ।