काठमाण्डौ । बसुन्धारामा अवस्थित साउथवेस्टन स्कुलले अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड जितेको छ । साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ अवार्ड प्राप्त गरेका छन् । ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल सभा मार्फत अधिकारलिे उक्त अवार्ड जितेका हुन् । पचासभन्दा बढी विधाहरू समेटिएको अवार्ड कार्यक्रमको नतिजा गत असोज २५ गते घोषणा भएको हो । उक्त कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया लगायत एसियाका विभिन्न देशहरूका २०० भन्दा बढी संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
अगस्ट दोस्रो सातादेखि मनोनयन दर्ता गरेको उक्त अवार्डका लागि विभिन्न चरणहरू पार गर्दै प्रिन्सिपल अधिकारीले उक्त अवार्ड हात पारेका हुन् । मूल्याङ्कनका क्रममा डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता आदिको माध्यमबाट विद्यालय र यसले सञ्चालन गरेका शैक्षिक गतिविधिहरूको बारेमा निर्णायक मण्डललाई समग्र जानकारी दिइएको थियो । यसै क्रममा ‘इडु नेसन टिभी’ले प्रिन्सिपल रमेश अधिकारीसँग लिएको अन्तर्वार्ता प्रत्यक्ष प्रसारण गरेको थियो । अन्र्तवार्ताको क्रममा अधिकारीले देशको शिक्षण सिकाइ र नेपाल भारत सीमा विवादका सम्बन्धमा आफ्नो स्पष्ट धारणा राखेको बताए । उक्त अवार्डका लागि निर्णायक मण्डल सदस्यहरूले विद्यालयबाट सञ्चालित अनलाइन कक्षा तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरूको अनलाइन अवलोकन समेत अवलोकन गरका थिए । सोही क्रममा विद्यालयले वर्तमान अवस्थामा साउथवेस्टन स्कुलले विकास गरेको विद्यार्थीे सिकाइ मूल्याङ्कन प्रणालीको बारेमा प्रशंसा भएको अवार्ड विजेता प्रिन्सिपल अधिकारीले जानकारी दिए ।
स्कुलले एक पछि अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकाले स्कुल अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिन सफल रहेको पुष्टि भएको कुरा स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए । स्कुलले गत बर्ष पनि दुबईको अमिट युनिभर्सिटीद्वारा आयोजित एक कार्यक्रममा अन्तराष्ट्रिय स्कुल अवार्ड अन्तरगतको ‘एक्सिलेन्स टिचिङ अवार्ड’ प्राप्त गरेको थियो ।
Leave a Reply