तारकेश्वरमा सवारी दुर्घटना, एकजना घाईते (भिडियो सहित)

अनिल आचार्य

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं.५ गोलढुंगामा पानीको जार बोक्ने गाडी दुर्घटना भएको छ । आज दिउँसो करिव साढे ३ वजे बा२१च २१३३ नं.को गाडी सडकबाट करिव ३० मीटर तल खसेको हो ।

गाडीमा सवार ३ जना मध्य २४ वर्षीय सुनिल धिताल सामान्य घाईते भएका छन् भने चालक दिपेश लामा र अर्का विनोद कटुवालको अवस्था सामान्य रहेको छ । घाईते धिताललाई बसुन्धरा स्थित ग्रिन सिटि अस्पताल लगिएको महानगरीय प्रहरी प्रभाग मुड्खुका असई धु्रव थापाले जानकारी दिए ।। अर्को गाडीलाई ओभरटेक गर्दा दुर्घटना भएको एकजना प्रत्यक्षदर्शीले बताए ।

भिडियो: