समय परिवर्तनशील छ । परिवर्तनशील समयसँगै आफुलाई समायोजन र प्रतिस्पर्धी वनाउनु पनि उत्तिकै आवश्यक छ । तर समयको परिवर्तन सँगै हरेक कुरामा आफुलाई प्रतिस्पर्धी वनाउन गाहो छ । देशको राजनितिक, आर्थिक, सामाजिक सांस्वृmतिक र अन्य क्षेत्रमा पनि सकारात्मक भन्दा नकारात्मक प्रभाव प्रत्यक्ष युवा समुदायमा पर्दछ ।
पारिवारिक समस्या, तनाव, एक्लोपन, प्रेममा विछोड, सामाजिक, बेरोजगारीका समस्या, शैक्षिक पक्ष तथा वैदेशिक रोजगार जस्ता पक्षमा सफल भएन भने त्यसको नकारात्मक असर युवावर्गमा छिटो पर्न जान्छ । जसको फलस्वरुप उनीहरु त्यो असरलाई बिर्सने भ्रममा लागू पदार्थ सेवन रम्न थाल्दछन् ।
आफ्नो इच्छा, चाहना एकाथरी हुन्छ भने परिवारको अर्कैं । तर के गर्ने,विवशता भनौं चाहेर वा नचाहेर परिवारको इच्छामा पढ्नुपर्ने, हिँड्नु पर्ने र विदेशिनु पर्ने बाध्यता रहन्छ । तर यस्तो भएन भने युवाहरु आफ्नो पीर, मर्का, यातना–तनाव काट्ने र भुल्ने नाममा विभिन्न लागू पदार्थ को सेवन गरिरहेका हुन्छन् । यसले केवल थोरै समयका लागि आनन्द त दिन्छ तर उनीहरुको भविष्य, परिवार सवै पक्ष अन्धकार तर्फ डुब्न पुग्दछ ।
आधुनिकीकरणको नाममा सबै व्यस्त रहने आजको समयमा अरुले कसैको भावना र इच्छा काममा हस्तक्षेप गर्न सक्दैन । तर घर परिवार समाजमा घुलमिल, पारिवारिक भेटघाट सामाजिकता आफ्नो–पन पनि हराउँदै गईरहेको देखिन्छ । बाबुआमा एकातिर छोराछोरी अर्कै धुनमा, आजकल पारिवारिक निगरानी नै छैन । यसैले बाबुआमाको माया ममताको कमी, एक्लोपन भएपछि केटाकेटीहरु लागु पदार्थमा विस्तारै डुब्न पुगेको देखिन्छ । अनि पछि समय बितिसकेको हुन्छ यस बाटोबाट चाहेर पनि युवाहरु सहि मार्गमा फर्कन सक्दैनन् ।
यस्ता लागु पदार्थहरु जस्तै ः ब्राउन सुगर, पोल्याण्ड, गाँजा, चरेस, ब्ल्याक तथा विविध औषधीजन्य ट्याबलेटहरु सजिलै उपलब्ध हुनु , गृह प्रशासनको कमी कमजोरी वा मौनता भनौं जे भएपनि यो गृह प्रशासन परिवार समाजको लापरवाही नै हो ।
परिवर्तनशील समय, समाज, मानविय स्वभाव र आधुनिकिकरण को नाममा स्कूल, कलेजका केटाकेटीहरु बढी मात्रामा यसको शिकार भएका छन् । कोही साथीभाइको करकापमा परेर त कोही पारिवारिक, सामाजिक, आर्थिक, मानसिक तनाव, एक्लोपन, विछोड र समय सापेक्ष आफुलाई प्रतिस्पर्धी वनाउन नसकेर लागू पदार्थको दूव्र्यशनीमा फसिरहेका छन् ।
यस्तो कुलतबाट बचाउन अभिभावकको महत्वपूर्ण भुमिका रहन्छ । आफ्नो सन्तान लागेको मार्ग पहिचान गर्नु र उनीहरुको ब्यवहारमा ध्यान दिन जरुरी देखिन्छ । विशेष गरि केन्द्र र प्रदेश सरकारको निति तथा कार्यक्रममा युवाका लागि विशेष कार्यक्रम नै बनाउनु पर्नेछ । विशेषतः अभिभावक र स्थानीय सरकारले पनि युवाका लागि विशेष योजना बनाई समाजलाई सभ्य बनाउन र भोलिको असल नागरिक निर्माण गर्न ढिलाई भईसकेको छ । होईन भने, समृद्ध देश सपना मात्र हुनेछ । जय युवा !!!
– प्रविन आचार्य
Leave a Reply