कस्तो बिडम्बना ! हामी बाट आत्मिक प्रेम हराएकै हो त अब ?

एकाबिहानै बाटोमा हिड्दै थिए,
बाटोमा अत्यन्तै सुन्दर बालक देखे ।
उ चिरपरिचित नै हो उसलाई मैले घरीघरी देख्ने गर्छु ।
जति पटक उसलाई देख्छु गमल्ङ अङालोमा बेरु झै हुन्छ मलाई ,
प्रेम बात्सल्य उर्लियर आउँछ हृदयमा टासु झै हुन्छ
सबै ममता खन्याउ झै हुन्छ।
उ पनि मलाई देखि मुस्कुराइदिन्छ खुशी हुन्छ,
त्यो ताते ताते हिड्ने बेलाको बच्चा कति प्यारो हुन्छ
शब्दमा बेतित गर्न सकिदैन होला शायद
तर कस्तो बिडम्बना !
आज म उसलाई लिन सक्दिन,
किनकी म डराउछु,
म रोकिन्छु
म झस्किन्छु !
किनकी म मा कोरोना को हाउगुजी छ,
मनमा त निर्धक्क थिए,
उसलाई बोक्ने रहर थियो
उसको अभिभावक बाट डराए म
उसलाई छुने हिम्मत पनि गरिन मैले ।
सोचनिय भएँ म एकछिन ।
के अब प्रेम पोख्न डराउनु नै पर्ने भएको हो त ?
कि यो भ्रामक हो ।
के अब हामी बाट आत्मिक प्रेम हराएकै हो त ।
हामी मानबले मानबलाइ छुन डराउनु नै पर्ने हो त ?
कतै हामी हाम्रै कारणले मनको प्रेम गर्ने अधिकार त हराउँदैन..????

– सिर्जना भण्डारी