काठमाडौं । तारकेश्वर नगरपालिका वडा -११ स्थित नेपालटार डेरामा बस्ने एकै परिवारका ४ जना कोरोना संक्रमित भएका छन् भने सोही मध्ये आज ४७ वर्षीय पुरुषको मृत्यु समेत भएको छ । सोही घरमा अन्य ६ परिवार पनि डेरामा बस्दै आएका छन् । उनीहरु हाल घरमै रहेको र उनीहरुको परिक्षणका लागि नगर स्वास्थ्य शाखाबाट समन्वय भईरहेको र सकेसम्म चाँडै गर्न प्रयास भईरहेको तर संक्रमित बढ्दो कारणले गर्दा परिक्षण गर्ने समय टुंगो नलागेको नगर स्वास्थ्य शाखाका प्रमुख जनार्दन अधिकारीले बताए ।
घरबेटिले नगर र वडामा जानकारी गरि घरका सबै सदस्यको कोरोना जाँच गरिपाँउ भन्दा वडाले ढिलो गरेको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । वडा अध्यक्ष विन्दु बुढाथोकीले ५ दिन नभई परिक्षण गर्दा थाहा नहुने भएकाले नागरिकलाई संयम र नआत्तिन समेत आग्रह गरेकी छिन् ।
तारकेश्वरमा हालसम्म १२ जना कोरोना संक्रमित भएका छन् जसमध्ये एकजनाको मृत्यु भएको छ भने एकजना उपचार पछि निको भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए ।
Leave a Reply