निर्मला पन्तले न्याय पाउनुपर्छ भन्दै भिडियो निर्माण गरे गोदावरीका बालवालिकाले (भिडियो सहित)

ललितपुर । निर्मला पन्तले न्याय पाउनुपर्छ भन्ने सन्देश दिन गोदावरी लेलेका बालवालिकाहरुले टिकटक मार्फत छोटो भिडियो निर्माण गरेका छन् । ब्यावशायीक भिडियो नबुझेका बालवालिकाहरुले मोवाईलबाट भिडियो निर्माण गरेका हुन् । निर्मलाको बलात्कार पछि हत्या भएको यत्रो समय भएपनि हत्यारा पत्ता नलाग्नु सरकारको कमजोरीको सन्देश दिन र दोषी पत्ता लगाउन दवाव दिने गरि टिकटक मार्फत भिडियो निर्माण गरेको निर्माण टिमकी सदस्य शिला महतले बताईन् । उनले कोरोना भाईरस महामारीको बेलामा नजिकका साथीहरु मिलेर सिर्जनशिल कार्य गर्न सल्लाह हुँदा यस्तो परिकल्पना भएको बताईन् । भिडियोमा छोरी ट्यूसन जाँदा बलात्कारमा परेको देखाईएको छ ।

हाम्रो समाजमा छोरीहरु अझै पनि असुरक्षित छन् जसलाई हाम्रै समाजले पनि आवाज उठाउनुको साटो छोरीहरु प्रति नै गलत बुझ्ने गरेको भाव देखाईएको छ । शोख र रहरमा मोवाईल प्रयोग गरि निर्माण गरिएको यो भिडियो प्राविधिक रुपमा ‘Amature” भएपनि सन्देश उत्कृष्ट देखिन्छ । उक्त भिडियो shreezana2050 नामको टिकटक मार्फत सार्वजनिक गरेको छ भने mahat rojina नामक युटुव च्यानलमा राखिएको छ ।

भिडियो हेर्नुहोस् :