काठमाडौं । काठमाडौं उपत्यका भित्र पछिल्लो २४ घन्टामा ३ सय १ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
मन्त्रालयको जानकारी अनुसार काठमाडौंमा २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जनामा पछिल्लो २४ घन्टामा संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा थपिएका आज ८ सय ८५ जना सहित देशभर संक्रमितको संख्या कुल ३४ हजार ४ सय १८ पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा जम्मा ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । जसमा ९ जना पुरुष र २ महिला रहेका छन् ।
Leave a Reply