ललितपुर । गोदावरी नगरपालिका वडा नं. ४ स्थित बडिखेलमा एकजना कोरोना संक्रमित देखिए संगै उनका नजिक संसर्गमा आएका १४ जनाको कोभिड -१९ परिक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । यससंगै बडिखेलका स्थानीयहरु खुसि भएका छन् । बडिखेल क्षेत्र केहि दिन देखि सिल गरिएको थियो । वडा सदस्य कृष्णमुरारी घिमिरेले बडिखेल क्षेत्रलाई अब सिल खोल्ने तयारी गरेको जानकारी दिए । केहिदिन अघि बडिखेलमा एकजना चिया पसल संञ्चालकका छोरामा कोरोना संक्रमित पुष्टि भएको थियो । संक्रमित एक महिना अघि मलेसीयाबाट फर्केका थिए । बडिखेलमा एकजना मात्र संक्रमित रहेको र हाल उनी घरमै आईशोलेशनमा बसेका छन् ।
बडिखेलवासीलाई खुसिको खबर, परिक्षण गरिएका सबैको कोरोना नेगेटिभ

Leave a Reply