सुस्मिता अधिकारी
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा उपचारको क्रममा काठमाडौँ (निजी निवास) मा मृत्यु भएको कुरा स्रोतबाट जानकारी प्राप्त भएको छ ।
स्रोतको अनुसार घिमिरेको फोक्सोमा समस्या भएपछि अक्सिजनको कमी भएर १०१ वर्षको उमेरमा निधन भएको कुराको जानकारी परिवार मार्फत उपलब्ध भएको स्रोतले जनाएको छ ।
१९७६ साल असोज ७ गते जन्म भएका घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार र गीतकार हुन् । बाल्यवस्थादेखि नै प्रकृतिप्रमी, बहुमुखी प्रतिभाका धनी उनले नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका छन् । कविता खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रवब्ध जस्ता अनेकौँ विषयमा कलम चलाउदै आएका घिमिरे बहुमुखि प्रतिभाका धनि हुन् । उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी जस्ता कविता सङ्ग्रहहरु प्रकाशित छन् । राष्ट्रकविको उपाधिले सम्मान गरिएका घिमिरे मृत्यु पछि पनि सम्पूर्ण नेपाली जगतको हृदयमा अवस्मरणीय बनिरहने भएका छन् । नेपाली साहित्यको माध्यमिक कालदेखि आधुनिक कालसम्म साहित्यिक क्षेत्रमा प्रखर रुपमा कलम चलाएका घिमिरेले पद्य श्री साधना सम्मान पुरस्कार समेत ग्रहण गरेका छन् ।
Leave a Reply