उच्च शिक्षामा पनि प्रभावकारी बन्न सकेन अनलाइन कक्षा

प्रमिसा दाहाल \सुष्मिता अधिकारी

कोरोना जोखिमलाई मध्यनजर गर्दै गत चैत्र ६ गतेबाट शैक्षिक सस्थाहरु बन्द भए पछि विद्यार्थीहरुको समय खेर जान नदिने उद्धेश्यले हाल देशका विभिन्न सामुदायिक क्याम्पसहरुले लकडाउन सुरु भएको एक महिनापछिबाट शिक्षाको वैकल्पिक उपायको रुपमा अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।
५४० सदस्य रहेको सामूदायिक क्याम्पसमा ७०% क्याम्पसले अनलाइन कक्षा सञ्चालन गरेका छन् भने करिब ५०% क्याम्पसमा सेमेस्टरका विद्यार्थीहरुका लागि अनलाइन “फूल फ्लेज सञ्चालन भइरहेको छ ।
नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज सञ्जेलका अनुसार अहिलेको समयले अनलाइन कक्षा सञ्चालनले एउटा अवसर सिर्जना गरेको छ । इन्टरनेट भएको सहरी क्षेत्रमा अनलाइन कक्षाको बढीे प्रभावकारिता रहेतापनि ग्रामिण क्षेत्रमा यसको प्रभाव खस्कदो देखिन्छ । साथै उनका अनुसार हाल अनलाइन कक्षामा सहभागी हुने विद्यार्थी संङ्ख्या यति नेै छन् भनेर यकिन गर्न नसकिने तर ४०% भन्दा मुनिको विद्यार्थी संङ्ख्या रहेको जानकारी दिनुभयो ।
“अनलाइन कक्षालाई प्रभावकारी बनाउन सरकारले विद्यार्थी सङ्ख्याको जानकारी लिएर टेलिकमले विद्यार्थीहरुलाई डाटा प्याकमा सुविधा दिनुपर्ने, इन्टरनेटको पहुँच तथा स्तर वृद्धि गर्नुपर्ने, शिक्षक र विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउनुुपर्ने तथा विश्वविद्यालयहरुले शिक्षकहरुलाई तालिम दिनुपर्ने कुुरा ललितपुर स्थित जनभावना क्याम्पसका प्राचार्य समेत रहनुभएका सञ्जेलले बताउनुभयो । क्याम्पसमा नै अनलाइन ल्याव बनाउनु एक राम्रो अवसर र आजको आवश्यकता रहेको ठम्याउँदै उहाँले “अनलाइनलाई प्रभावकारी बनाउन प्रत्येक क्याम्पसले बैकल्पिक उपाय सोच्नुपर्छ । भन्नुभयो ।