आज कुशें औशी, बुवाको मुख हेर्ने दिन

प्रनिसा दाहाल
पूर्वीय धर्म दर्शन अनुसार मानिसले जन्मदै तीन ऋण लिएर आएको हुन्छ । पितृऋण, ऋषिऋण र देवऋण । यि तीन ऋण सामान्य कर्मले पुरा हुन गाह्रो छ । पितृऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये कुशे औँशी पनि पर्दछ , भाद् कृष्ण पक्षमा पर्ने कुशे औँसीलाई पिताको सम्मान गर्ने दिनको रुपमा पनि लिइन्छ । पितृ देवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा पनि लिने चलन छ ।

जन्मदिने आमा , कर्म दिने बूबा शिक्षा दिने गूरु यि सबै स्थानमा उच्चतम नै छ । पिताको आज्ञा पालना गर्नेले कूनै तीर्थ गरिरहनु पर्दैन भनी शास्त्रहरुले स्पस्ट किटान गरेका छन् । कुशे औँसीलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिनमा जिवित पिताहरुलाई मनपरेका खाना , वस्त्र, उपहार चढाएर खुशी पारी आशिर्वाद लिने चलन छ भने यसै दिनमा मरेका बुबाका नाममा तीर्थ गएर स्नान दान ,तर्पण , पिण्ड आदि श्राद्ध गरेर पितृहरुबाट स्नेह आशिर्वाद लिने चलन छ ।
काठमाडौंको गोकर्ण क्षेत्रमा यस दिन मरेका पिताको दर्शन पाइन्छ भन्ने मान्यता छ । यहाँ यस दिन स्नान ,दान गर्ने श्राद्ध, पिण्डदान दिने,तर्पण सिदा दान गर्नेहरुको भिड लाग्छ ।

यस दिन रसुवाको गोसाईंकुण्डक्षेत्र, रसुवाकै बेत्रावती, नुवाकोटको त्रिशुली, सुनसरिको विष्णुपादुका वराहक्षेत्र, पिण्डेश्वर नवलपरासीको त्रिवेणीधाम, चितवनको देबघाट, मुस्ताङको कागवेनी, मुक्तीक्षेत्र आदिमा विशेष तर्पण गर्दछन् ।
यसैदिन घरघरमा नयाँ कुश राख्ने पनि गरिन्छ । कुश एउटा असल वनस्पती हो । यसका वरिपरि ब्रह्मा, विष्णु र महेश तीन देवताले वास गर्ने गर्छन भन्ने विश्वास गरिन्छ । कुश अति नै चोखो वनस्पती हो । यो तुलसीझै महत्वपुर्ण छ । जन्मदेिख मुत्युसम्म हिन्दु संस्कारमा कुश नभई हुदैन ।

कुशें औशीवारे तयार पारिएको भिडियो रिपोर्ट : Video link