अलमलमा फिल्म क्षेत्र

लकडाउन ३ महिनाभन्दा लामो समय गरेपछि सरकारले बिस्तारै विभिन्न क्षेत्र खोलिरहेको छ। तर चलचित्र क्षेत्रले आफ्नो गति कहिलेबाट समात्छ भन्ने यकिन छैन । अरू क्षेत्र चलायमान हुँदैगर्दा चलचित्र क्षेत्रले आफ्नो बाटो सुरु गर्न पनि पाएको छैन।

चलचित्र निर्माण गरेर रिलिजका लागि तयार भएका निर्माता ठूलो चपेटामा परेका छन् । चलचित्र निर्माण गर्ने सोच बनाएर तयारी अवस्थामा बसेका निर्माता अलमलमा छन् । चलचित्र छायांकन गर्दा गर्दै रोकिएका निर्माता काम सुरु कहिले होला भन्ने बाटो कुर्दै छन् ।