‘शगरमाथा हाम्रो शिर ‘ पर्यटन गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डको प्रस्तुती रहेको उक्त भिडियोको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेले परिकल्पना गरेका थिए जसको शब्द रचना स्वयं न्यौपानेले गरेका हुन् । गीतमा गायक राजु परियार, सुर्य पुर्वछाने मगर, पुर्णकला बिसि र तुलसा बस्नेतको स्वर रहेको छ । गीतलाई सुर्य पुर्वछाने मगरले संगीत भरेका छन् भने भिडियोको सम्पादन एलेन मगरले गरेका छन्
गीतको भिडियोमा नेपालका प्रसिद्ध पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न खोजेको देखिन्छ जसमा उक्त क्षेत्रहरुको दृश्य समेत देखाएको छ। नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा केहिदिन अघि सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक कार्यक्रमका बिच भिडियो विमोचन गरेका थिए। भिडियोमा नेपालको विभिन्न पर्यटकीय क्षेत्रलाई समेट्दै होमस्टेको पनि प्रवद्र्धन गर्न खाजिएको छ । विश्व कोरोना भाइरसको महामारीले आक्रान्त बनेको बेला बाह्य पर्यटन संगै आन्तरिक पर्यटनकका लागि गीतले विशेष जोड दिन खोजेको परिकल्पनाकार न्यौपानेले बताएका छन् । भिडियोलाई नेपाल पर्यटन बोर्डको युटुव च्यानलबाटै सार्वजनिक गरिएको छ । जसको भिडियो लिंक :
Leave a Reply