विदेशबाट फर्किएका नेपालीलाई हमालको अपिल–पर्दैन जान यहाँ त्यहाँ

नायक राजेश हमालले आफ्नो मनको भावना र विचार अहिले सामाजिक सञ्जालमा भिडियोमार्फत व्यक्त गरिरहेका छन् । नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरिसकेपछि होस् या लकडाउनको विषयमा नै किन नहोस्, हमालले भिडियोमार्फत नै आफ्नो भनाइ राखे ।

उनै हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई कवितामार्फत स्वागत गरेका छन् । भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘हरेक दिन हजारौंहजार हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो घर फर्किँदैछन् । आउनुहोस् उहाँहरूलाई न्यानो स्वागत गरौं ।’