बिहेको तयारीमा थिए सुशान्त

नायक सुशान्त सिंह राजपुतको निधन झुन्डिएर भएको रिपोर्ट सार्वजनिक भइसकेको छ । उनै सुशान्त अभिनित चलचित्र ‘दिल बेचरा’ जुलाई २१ बाट डिजिटल माध्यममा रिलिज हुँदैछ। हटस्टारमा यो चलचित्र रिलिज हुने र दर्शकले नि:शुल्क चलचित्र हेर्न पाउने बताइएको छ।

सुशान्तको निधनपश्चात उनको योजनाको विषयमा पनि विभिन्न खालका खबर सार्वजनिक भइरहेका थिए। सुशान्तको निधन भएको करिब २ सातापछि उनका पिताले उनी बिहेको तयारीमा रहेको बताएका छन् ।