तारागाउँका अध्यक्ष प्रल्हाद न्यौपाने सम्मानित

काठमाडौ । तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपाने सम्मानित भएका छन् । पर्यटन विकासका लागि दिएको योगदान संगै पर्यटन विकास प्रवंद्र्धन गर्न गीतको रचना गरे बापत उनी सम्मानित भएका हुन् । । नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा हिजो (बिहिवार)सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक कार्यक्रमका बिच सम्मान गरेका हुन् ।

अध्यक्ष न्यौपानेले नेपालको विभिन्न पर्यटकिय क्षेत्रलाई समेटेर गीत लेखेका थिए । जुन गीतमा गायक राजु परियार, सुर्य पुर्वछाने मगर, पुर्णकला बिसि र तुलसा बस्नेतको स्वर रहेको छ । नेपाल पर्यटन बोर्डले उक्त गीतको भिडियो निर्माण गरेको छ भने उक्त भिडियो मन्त्री ढकालले कार्यक्रममा विमोचन गरेका थिए। भिडियोमा नेपालको विभिन्न पर्यटकीय क्षेत्रलाई समेट्दै होमस्टेको पनि प्रवद्र्धन गर्न खाजिएको छ ।