नायक पल शाहले चलचित्रमा काम गरेबापत पारिश्रमिक नपाएको र तीनै निर्माताले सहमतिमा मिलेर काम गर्नुपर्छ भन्दै हिँडेको भन्दै आक्रोश पोखे । कुनै पनि निर्माताको नाम नलिई उनले दिएको अभिव्यक्तिले उनीसँग काम गरेका सबै निर्माता डामिए ।
पलको यो भनाइ सार्वजनिक भएसँगै अन्य कलाकारले पनि पारिश्रमिक नपाएको गुनासो गर्दै मिडियामा अभिव्यक्ति दिन थालेका छन् । यसले चलचित्र क्षेत्रमा निर्माताले कलाकारलाई पारिश्रमिकमा झुलाउने गरेको सन्देश बजारमा गएको भन्दै केही निर्माताले असन्तुष्टि व्यक्त गरेका छन् ।
Leave a Reply