९ असार, काठमाडौं । सूचना प्रविधि क्षेत्रको ‘आइसिटी अवार्ड’को पाँचौं संस्करणको अनलाइन नोमिनेसन सुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६सम्म खुल्ला गरिएको छ ।
कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगस्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ ।
Leave a Reply