गोदावरीमा “विद्यार्थी संग नगरप्रमुख” बहस कार्यक्रम हुने

ललितपुर । गोदावरी नगरपालिकामा शैक्षिक बहस कार्यक्रम हुने भएको छ । नयाँ आ.ब को निति तथा कार्यक्रम तय गर्ने समय नजिकदै गर्दा भावी योजना र नगरपालिका प्रति बालबालिकाको जिज्ञासा र गुनासो राख्न कार्यक्रम आयोजना गरेको जनाएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपाल,ललितपुरले आयोजना गरेको उक्त कार्यक्रम भर्चुअल विधिबाट हुनेछ । सामुदायिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरुले प्रश्न, जिज्ञासा र गुनासो मेयर गजेन्द्र महर्जनलाई राख्नेछन् । “विद्यार्थी संग नगरप्रमुख” नाम दिएको कार्यक्रम जुम मार्फत शुक्रवार साँझ ७ बजे देखि शुरु हुने ।