छोटो समयमा नै उदय खर्क माविको उपलब्धी, नयाँ बन्यो कम्यूटर र विज्ञान प्रयोगशाला (भिडियो सहित)

ललितपुर । गोदावरी नरपालिका वडा नं. १० स्थित श्री उदय खर्क माध्यमिक विद्यालयले छोटो समयमै उपलब्धी हासिल गरेको छ । विगत २० महिना अघि नेतृत्व परिवर्तन भएपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको हो । छोटो समयमा विद्यालयको भौतिक, शैक्षिक तथा ब्यवस्थापकीय पक्षमा पनि सकारात्मक परिवर्तन देखिन थालेको अभिभावकहरुले बताएका छन् । विद्यालयमा गत एकै वर्षमा लगभग ८० जना र यस वर्ष ३० जना गरि लगभग ११० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा सल्लाहकार,ब्यवस्थापन समिति, स्थानीय सरकार, प्रदेश सरकार,पूर्व विद्यार्थीहरु, अभिभावक ,स्थानीय अभियन्ता आदिको सहयोग र शिक्षकहरुको मिहेनत र टिम वोर्कका कारण समग्र सुधार गर्न सकिएको विद्यालयका प्रद्यानाध्यापक हरिप्रसाद काफ्लेले बताए ।

नयाँ बनेको विज्ञान प्रयोगशालाको फोटो
नयाँ बनेको विज्ञान प्रयोगशालाको फोटो

सामुदायिक विद्यालय भएपनि गुणस्तरीय शिक्षा दिनका लागि निजिभन्दा कुनैपनि सुविधामा कमजोर नभएको उनले जिकिर गरे । विद्यालयले निशुल्क भर्ना, छात्रबृत्ति आदिको ब्यवस्था गरेको छ । हाल कोभिडका कारण अनलाईन शिक्षालाई प्रभावकारी ढंगबाट ब्यवस्था गरेको पनि प्रद्यानाध्यापक काफ्लेले बताए । आगामी दिनमा विभिन्न विज्ञहरुको अतिरीक्त कक्षा, पूर्व विद्यार्थीसंगको अनुभव आदान प्रदान लगायतको कार्यक्रम रहेको पनि उनले बताए । कोभिडको परिस्थिति सहज बनेपछि विद्यालयलाई आमुल परिवर्तन गर्न सम्पूर्ण शिक्षकहरुमा उर्जा पाएको महशुस गर्दै उनले खुसि प्रकट गरे । केहि समय अघि विद्यालयमा शिक्षकहरुको गुट उपगुट बन्ने गरेको अनुभव साट्दै हाल त्यस्तो प्रणाली अन्त्य भएको र सबै संगै खाजा खाने र विद्यालयको हितमा सबैले चिन्तित रहने गरेको बताए । विद्यालयमा हाल निर्माण भएको विज्ञान तथा कम्यूटर प्रयोगशाला सहितको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।