विश्वकै सबैभन्दा ठूलो इ-कमर्स कम्पनी अमेजनले भारतको पश्चिम बंगालमा रक्सीको अनलाइन कारोबार गर्ने भएको छ।रोयटर्सका अनुसार पश्चिम बंगालमा रक्सी डेलिभरी गर्नका लागि अमेजनले स्वीकृति पाएको हो । योसँगै अर्बौं डलरको भारतीय मदिरा व्यापारको क्षेत्रमा अमेजनको प्रवेश हुने भएको छ।
गत शुक्रबार पश्चिम बंगाल राज्य पेय पदार्थ निगमले एक सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार पश्चिम बंगालमा पेय पदार्थको अनलाइन खुद्रा कारोबारका लागि दर्ता हुन योग्य कम्पनीहरूमा अमेजन समेत परेको छ । उक्त सूचनामा राज्य सरकारसँगको एमओयूमा हस्ताक्षर गर्न आउनका लागि अमेजनलाई सूचित समेत गरेको छ ।
Leave a Reply