विकार र चिन्ताले ग्रस्त एक रोग

हेर्दा सबै ठिकठाक देखिन्छ। तर कतिपय बानी-व्यवहार भने फरक हुन्छ । जस्तो पटक-पटक साबुन पानीले यसरी हात धोइरहन्छन्, कि हात रगडिएर रगत आउन सक्छ । तर हेर्दा उनीहरूलाई विश्वास हुँदैन कि हात सफा भयो । बरु उनीहरू सोच्छन्, हातमा किटाणु कतै लुकेर बसेको छ । यस्तो अनावश्यक चिन्ताले उनीहरूलाई सताइरहन्छ ।

त्यसैगरी अनेक उट्पट्याङ काम गर्ने रहर जाग्छ । जस्तो कि घरमा अनावश्यक सामग्री थुपार्ने । थोत्रो डब्बा, थोत्रो कपडा । कुनै पनि प्रश्न अरूलाई पटक पटक सोधिरहने । जस्तो कि ‘ठिक छ नि ?’