चिनारी गएको, तिमी हेरि राख ।
पिडा भएको, तिमि हेरि राख।।
आखिर के भुल थियो र उस्को।
प्रहार भएको तिमि हेरिराख।।
इच्छा खेर गो तिमि हेरि राख।
सपना झेल भो तिमि हेरि राख।।
मेटायो पहिचान एकै क्षणमा।
जिन्दगी फेल भो तिमी हेरि राख।।
रहर भएन तिमी हेरि राख।
प्रहर रहेन तिमी हेरि राख।।
मर्नु न बाच्नु भो जिन्दगी।
कहर परेको तिमी हेरि राख।।
-सौरभ आचार्य









Leave a Reply