टाहाखेल टोल सुधार समितिद्धारा रक्तदान कार्यक्रम, ७२ जनाले गरे रक्तदान

ललितपुर । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । टाहाखेल टोल सुधार समितिद्धारा आयोजना गरिएको कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । कोरोना भाईरस (कोभिड -१९) महामारीको कारणले पनि अन्य बिरामीलाई रगतको अभाव भएको बेलामा थोरै भएपनि सहयोग गर्न टोलका युवाहरु मिलेर रक्तदान कार्यक्रम सञ्चालन भएको स्थानीय माधव पुडासैनीले बताए । स्वास्थ्य सतर्कताको लागि सुरक्षा मापदण्ड अपनाई भौतिक दुरी कायम गरि कार्यक्रम सञ्चालन भएको छ ।  रक्तदान गर्ने ब्यक्तिहरुलाई समितिद्धारा प्रमाणपत्र प्रदान गरिएको थियो ।