बिना तालिम एक रोपनीबाट तरकारी खेती सुरु गरेका कृष्णबहादुर घिमिरेको कथा (भिडियो सहित)

आफ्नो जिविकाको लागि विभिन्न व्यवसायमा सम्लग्न थुप्रैँ व्यक्तित्वहरु छन् । कसैले सामान्य जिविका चलाउनका लागि मात्र खेती गरिरहेका हुन्छन् भने कसैले व्यवसायका रुपमा नै सम्हाल्दै आएका हुन्छन् । तरकारी व्यवसाय एक कृषि व्यवसाय हो । पछिल्लो समय विभिन्न युवाहरु तथा कृषकहरुको आकर्षण भित्र पछर्, तरकारी व्यवसाय । विशेषतः विदेशी भूमिमा पर्याप्त भिजेर आएपछि युवाहरुले यस्तै विविध व्यवसाय अङ्गाली रहेका छन् ।


यस्तै दक्षिण ललितपुरको छम्पी सल्यनटारमा बसोबास गर्ने कृष्णबहादुर घिमिरे पनि २५ बर्ष ड्राइभिङ पेशाामा सम्लग्न भए पछि विगत २३ वर्ष यताबाट तरकारी व्यवसायमा निरन्तर लागि परेका छन् । उनी भन्छन् सुरुमा कुनै तालिम लिए विना नै २००० को विउविजन किनेर एक रोपनी जग्गामा व्यवसाय संचालन गरेका थियौँ । त्यतीबेला परिवारले मात्र व्यवसाय सुरुवात गरेको र तरकारी रोप्ने सन्दर्भमा समेत कुनै जानकारी नभएको बताउँछन् ।

केही प्राविधिकहरुसंग तरकारी व्यवसायको बारेमा सिक्दै जाँदा र त्यती बेला बेमौसमी तरकारीको मूल्य बढी हुने कारणले गर्दा पनि त्यही एक रोपनीबाट एक लाख उन्नाइस हजारको आम्दानी भएको बताउँछन् । यसरी तरकारीमा नाफा देखे पछि एक रोपनीबाट आठ रोपनीमा तरकारी ब्यवसाय थालनी गरेता पनि त्यतीबेला स्थानीय बजारको समस्या थियो । त्यतिखेर दिनमा १४ भारी तरकारी हुने र भारीको रु २५ को हिसाबले भ्यानमा हालेर चापागाँउमा ल्याइ बेच्नु पर्ने समस्या उनले बताए ।

त्यतीबेला उनले तरकारी व्यवसाय मात्र गरेका थिएनन् घरमा दुई भैँसी पालेका थिए भने चिया पसल पनि थापेका थिए । जुन पसलबाट पनि तरकारी बिक्रि हुन्छ भन्ने आश उनमा थियो । उनले काउली, तितेकरेला , खुर्सानी जस्ता तरकारी चोर्ने समस्या मात्र भोगेनन् । यस्ता तरकारीका बोटहरु समेत काटी दिने गरेका थिए वाह्य मानिसहरुले मानिस चिने पनि त्यती बेलाको परिस्थितिका कारण चुप रहेको उनी बताउँछन् ।

प्राविधिक तथ जिल्ला कृषि कार्यालयका प्रमुख तथा खुमलटारका विज्ञहरुको सुझावका कारण पछि उनी हाल विउविजन उत्पादन तर्फ लागि रहेका छन् । हाल उनले उन्नत जातका धान , मके , तोरी , घिरौला , बकुल्ला , प्याज, काउली , बन्दा, आदिका गुणस्तरीय विउ तथा विरुवा उत्पादन गरिरहेका छन् ।