काँग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन् ।
चौतर्फी आलोचना भएपछि काँग्रेसले उनलाई तत्काल अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी गरेको भन्दै नाथुराम गोड्से आवश्यक परेको र कोही बन्न तयार नभए आफैँ बन्ने बताएका थिए। नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन्। भारतामा नाथुराम गोड्सेलाई विभिन्न दृष्टिकोणले हेर्ने गरिन्छ ।
Leave a Reply