गोदावरीमा “विद्यार्थीसंग नगरप्रमुख” बहस कार्यक्रम सम्पन्न । विद्यार्थीको प्रश्नमा मेयर अकमक्क !

सुष्मिता अधिकारी
ललितपुर । गोदावरी नगरपालिकामा विद्यार्थीसंग नगरप्रमुख बहस कार्यक्रम सम्पन्न भएको छ ।
प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति, ललितपुरद्धारा आयोजना गरिएको शैक्षिक बहस कार्यक्रमको चौथो श्रृङ्खला हो । शुक्रवार साँझ जुम मार्फत सम्पन्न उक्त कार्यक्रममा गोदावरीका नगरप्रमुख गजेन्द्र महर्जनसंग सामुदायिक विद्यालयका विद्यार्थीहरुले गुनासो, जिज्ञासा र आगामी योजना वारे प्रश्न गरेका थिए । कोभिड १९ का कारणले विद्यालयमा भौतिक रुपमा कक्षा सञ्चालन गर्न नसकिएको अवस्थामा भच्र्युअल कक्षा हुँदा घण्टौँसम्म स्क्रिन हेर्दा बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने समस्या देखिएको नगर प्रमुख महर्जनले बताए । यस्ता कुरालाई मध्यनजर गर्दै बैकल्पिक उपाय खोज्ने कार्य भईरहेको पनि नगरप्रमुख महर्जनले जनाए ।
कार्यक्रम विद्यार्थीहरुले विद्यालय र शिक्षण प्रणाली वारे पनि गुनासो राखेका छन् भने विकास निमार्णमा समेत नगरपालिका ढिला भएको आरोप लगाए ।
विद्यालयमा चमेनागृह, खेलमैदान, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, भवन निर्माण, सडक निर्माण, खानेपानी, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रावृत्ति जस्ता अनेकौँ सेवा सुविधाको लागि पनि बजेटको व्यवस्था गरिँदै आएको र विकास निर्माणमा अवरोधका कारण वारे पनि नगरप्रमुख महर्जनले स्पष्ट पारे ।
तर विद्यार्थीहरुले पटक पटक प्रतिवद्धता गरेपनि नगरपालिकाको कार्य चित्त बुझ्दो नभएको गुनासो पोखे ।


सरकारी विद्यालयमा कम्प्युटर, विज्ञान ल्यावको व्यवस्था भएपनि उचित सदुपयोग नभएको पाईएको छ । उस्ता सामाग्रीको सुरक्षा वारे पनि सन्दर्भ चलेको थियो । एक विद्यालयमा कम्प्युटर चोरी भएको र पछि प्रहरीको सहयोगमा फेला परेपछि पनि उक्त कम्प्युटरहरु प्रहरी चौकी मै रहेको पाईयो । विद्यालयका एक शिक्षक भन्नुहुन्छ, “घरमा राखौँ विद्यार्थीले प्रयोग गर्न नपाउने, विद्यालयमा राखौँ हराउने डर ।”

सञ्चारकर्मी तथा बामैत्री स्थानीय शासन सहजकर्ता कृष्णमुरारी पुडासैनीले “नगरपालिका भैसक्दा पनि बालश्रम, बालविवाह, बलात्कार, असुरक्षित जस्ता कुराको भय नरोकिएको बताए । उनले नगर बाल अधिकार समितिको सक्रियतामा नगरपालिकाले छात्राहरूको हकमा सेनिटरी प्याडको व्यवस्था गराइएको छ भने बालश्रमको पूर्णरुपमा निगरानी, बालक्लव निर्माण लगायत वडा बाल अभिकार समिति गठन गरि बालमैत्री शासनको कार्य थालनी भएको बताए । वडा समितिबाट बालमैत्री अभियानमा खासै सहयोग नभएका कारण बालमैत्री अभियानमा अप्ठ्यारो परेको उनले बताए । आजसम्म समितिमा आएको बालवालिकाको मुद्धाहरु सर्वोत्तम हितलाई ध्यान दिएर समाधान गरेको र बालवालिकाको गुनासो र समस्या नगरपालिकालाई जानकारी दिन पनि उनले अनुरोध गरे ।

नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद पौडेल भन्नुहुन्छ, “विज्ञान तथा कम्प्युटर ल्यावको व्यवस्था सबै सामुदायिक विद्यालयमा उपलब्ध भएको र उपलब्ध नभएका विद्यालयमा असार महिनाभित्रमै पु¥याउँछौ । पाठ्यपुस्तकहरू समयमै पु¥याउँछौ । स्मार्टबोर्ड, इन्टरनेटको लागि सम्पूर्ण विद्यालयका एकजना शिक्षकलाई तालिम दिनेछौँ । बालश्रम तथा बालविवाह भएको थाहा भएमा बालश्रम संरक्षण समितिलाई खबर गरियोस्, उचित रुपमा त्यसको कारबाही गर्नेछौँ । वैकल्पिक शिक्षाका लागि रेडियो, टेलिभिजनबाट पनि शिक्षा कार्यव्रmम चलाउने प्रयास आगामी वर्षबाट गरिने छ । सुचना प्रविधि तथा विविध मिडियाबाट पढाउने कोसिस गर्नेछौँ । सकेसम्म अनलाइन कक्षालाई घटाएर शिक्षा सिकाइ कार्यान्वयन गराउनेछाँै । विद्यार्थीलाई खाजाको, छात्रावृत्तिको पनि व्यवस्था गराउँदै आइएको छ । सम्पूर्ण विद्यालय समय समयमा अनुगमन गरिएको छ र सोहीअनुसार अवसर प्रदान गरिने छ ।”
कार्यक्रममा नगरप्रमुख महर्जनले आगामी दिनमा शैक्षिक विकासका लागि योजना अनुरुप कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रमलाई शिक्षक नानीराम सञ्जेलले सहजिकरण गरेका थिए नगर शिक्षा शाखाका प्रमुख देवी प्रसाद पौडेल, पत्रकारहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।