काठमाडौं उपत्यकाकामा निषेधाज्ञा केही खुकुलो गरेर एक साता थप गरिने

DCIM100MEDIADJI_0173.JPG

काठमाडौं । बैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गते देखि खुकुलो गरेर पुनः एक साता थप गर्ने तयारी भएकोे छ ।
उपत्यकामा असार ७ गते सम्म निषेधाज्ञा थप गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ । ।यसअघि बिहान ९ बजेसम्म मात्र किराना, खाद्यान्न तथा डिपार्टमेण्टल स्टोरहरु खुला भएकोमा एक घण्टा थप गरेर १० बजेसम्म खुल्न दिई विकास निर्माणका कामहरु सुचारु गरि किसानहरुलाई पनि छुट दिइने जानकारी छ ।