लिलामिमा छन् मेरा सर्टिफिकेट हरू !
म !
डिग्रि होल्डर !
कोरोनाको कहरले कक्रिएर
फिक्रि गर्दै दिन गुजार्दै छु।
तल्ला घरे काका
‘थुइक्क नाथे दुई हजार”
भन्दै मुन्टो बटार्छन।
“तम्रा क्यै आसनाई
सरकार पाल्दोभो म क”
भन्दै हजुआमा बालाई घुर्काउछिन ।
बा को बारी बाँझो राखेर
शहरतिर बुर्कुसी मारेको म
ठुलो मान्छे बन्नेधुनमा
साहुको ऋण काढेर
मास्टर सकेको छु।
मलाई थाह छ
यी सर्टिफिकेट का चाङ
थला परेको निजी क्षेत्र र
पच्चिसलाख ऋण दुबैकालागि
जरुर उपयोगी छैननन ।
ए सरकार !
तिम्रा आफन्त र आसेपासेहरूलाई
मेरा सर्टिफिकेट हरू
खरिद गरेर बाडि देऊ ।
म बाकै बाँझो बारी जोत्ने तरखरमा छु
आश्वासन को खेती गरेर
भोटहरू फलाउने
दाऊ न खेल,
बेरोजगार सन्तानको शीरमा
ऋणको भारी बोकाएर
आमाको छातीमा
जुवा खेल नखेल।
सक्छौ ?
लिलाम छन हजारौं यूवाका सर्टिफिकेटहरू
बरू खरिद गर।
घरभित्रै बन्दि भोकको
आगोले छटपटाउदैछन।
आस्वासनले पेट नभरिएपछी।
तिमी कुर्लिरहन्छौं
भोका पेटहरु माथी
साम्राज्य जमाएर।
– सुगिता शाह, दैलेख
Leave a Reply