ललितपुर । किसानहरुलाई बिउ वितरण गर्दै पुरुषोत्तम हुमागाँईले आफ्नो जन्मदिन मनाएका छन् । सम्झना कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका हुमागाँईले सहकारीका ३५० जना सदस्यहरुलाई गुजुमुजे र डुडे जातको रायो को बीउ वितरण गरेका हुन् । नेपाल कै पहिलो बिउ बैक दलचोकी सामुदायिक बिउ बैक ले उत्पादन गरेको उक्त बिउ महाकांल गाउँपालिका स्थित बुखेल र मानिखेलका किसान सदस्यहरुलाई वितरण गरिएको हो । हरेक वर्ष आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्ने संस्कार बसाएका हुमागाँईले यसपाली फरक तरिकाले किसानको मर्म बुझेर बिउ वितरणको कार्य गरेको बताए ।
जन्मदिनको अवसरमा किसानलाई बिउ वितरण

Leave a Reply