गोदावरीको टौखेलमा ३१ वर्षीय युवक मृत फेला (भिडियो सहित)

ललितपुर । गोदावरी नगरपालिका वडा नं.३ स्थित टौखेलमा ३१ वर्षीय सुरज कुँवर (श्रीराम) मृत अवस्थामा भेटिएका छन् । आफ्नै घरमा विहानपख मृतक अवस्थामा भेटेपछि परिवारले प्रहरीलाई खवर गरेका थिए । मृतक कुवँरको पेटको वायाँ तर्फ चोट देखिएको छ भने उनी केहि दिन अघि मोटरसाइकल दुर्घटनामा परेका थिए ।
स्रोतका अनुसार मृतक कुँवर लागु औषध सेवन गर्थे । लगभग एकवर्ष अघि उनलाई लागु औषधको मुद्धा समेत परेको थियो । पोस्टमार्टमको रिपोर्ट आईसकेपछि घटना वारे थप जानकारी हुने महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका ईन्सपेक्टर अरुण भट्टराईले बताए ।

video link: