ललितपुरमा ३३७७ पुगे कोरोना सङ्क्रमित

ललितपुर । कोरोनाको त्रासले मानिसलाई सताइ रहेको बेला ललितपुरमा पनि सङ्क्रमण दर बढ्दै छ । स्वास्थ्य कार्यालय ललितपुरको तथ्यांक अनुसार ललितपुरमा आज ११५ सङ्क्रमित थपिएका छन् । ललितपुरका विभिन्न स्थानीय तहमा कोरोना सङ्क्रमण बढ्दो छ । आज ललितपुरका तीन स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ ।
आज ललितपुर महानगरपालिकामा ३५ महिला र ४६ पुरूष गरि जम्मा ८१ जना, त्यस्तै महालक्ष्मी नगरपालिकामा ७ महिला र ९ पुरूष गरि जम्मा १६ जना, गोदावरी नगरपालिकामा ९ महिला र ९ पुरूष गरि १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
ललितपुरमा जम्मा सङ्क्रमित ३३७७ रहेकोमा १८५९ ले कोरोना जितेका छन भने ३२ जनाको मृत्यु भएको छ । हाल सक्रिय सङ्क्रमितको संख्या १४९६ रहेको छ ।