समय गतिशील छ । यहि गतिशिलता सँगै मानिसको स्वभाव, चाहना, इच्छा परिवर्तन भएको छ । मानविय स्वभाव प्रवृत्ति नै नयाँ–नयाँ कुरा चाहने रमाउने र जीवन सुखी–सुखीसँग बिताउने हुन्छ तर सबै मानविय इच्छा, आकांक्षा पुरा गर्न सकिन्न र प्राप्त पनि हुन्न । गतिशील समय सँगै सवै कुरामा आफुलाई समायोजन गर्न सकिदैंन । हरेक मानिसको आ–आफ्नो स्वभाव बानी व्यहोरा हुन्छ, कुनै बानी सुधार गर्न सकिन्छ त कुनै कुरा जन्मसिद्ध हुन्छ । जति प्रयास गर्दा पनि सधार गर्न सकिन्न ।
आजको समयलाई २१औं शताब्दिको आधूनिक समाज मानिन्छ । विज्ञान प्रविधीको युग भएकोले हरेक समयमा विविध प्रविधीको विकास भएका छन् । यस्ता प्रविधी विकासले मानविय समाज, मानिसका हरेक काम सरल, सहज र विस्तार हुन पुगेका छन् । विज्ञान प्रविधीको विकास सँगै मानविय समाज, समुदायमा विविध मानविय समस्या पनि थपिदै गएको छ ।
जसमध्ये एक हो, मानसिक समस्या वा डिप्रेसन । मानिस एक सामाजिक प्राणी हो । ऊ जन्मबाट मृत्युको अन्तिम घडिसम्म घर परिवार समाज समुदायमा रहन्छ । मानविय समाजमा हुने हरेक शारिरिक, मानसिक, सांस्वृmतिक, आर्थिक, शैक्षिक र राजनितिक विविध पक्षको राम्रो नराम्रो कुराको असर मानविय जीवनमा पर्दछ । नेपाली समाज सरलताबाट जटिलता तर्फ उन्मुख भएको छ । समाजमा हरेक काममा चूनौती थपिदै गएको छ । अवसर कम र प्रतिस्पर्धा धेरै भएको छ । यस्ता विविध पक्षको असर मानविय संवेदनामा पर्दछ । सवै मानिसको प्रवृत्ति व्यवहार एकैनासको हुंदैन । कोही मानिस सबै कुरालाई सहज रुपमा लिन सक्ने हुन्छन् भने कोही मानिस अन्तरमूखी स्वभावको संवेदनशील हुने गर्दछन् । मानिस एक सामाजिक प्राणी भएकोले उसका हरेक व्रिmयाकलाप घर, परिवार समाज सँग सम्वन्धित रहन्छ ।
आज हरेक नेपाली घर परिवार समाजमा प्रत्येक मानिस मानसिक तनाव पिडा, वेदना समस्या मा परेका छन् । यसरी हरेक घर परिवार समाजमा मानसिक तनावमा विरामी थपिदै जानु समाज, समुदाय र राष्ट्रको लागि थप प्रमुख सामाजिक समस्याको रुपमा देखिएको छ ।
हाम्रो समुदायमा किन के कारणले मानसिक तनावका मनोरोगी थपिएको छ
? मनोरोगीहरुको कारण घर परिवार स्वयं व्यक्तिमा के कस्ता असर परेका छन् ? यस्ता विविध पक्षको सरकारी तथा समुदाय स्तरबाट खोजि र समस्याको
समाधान, जनचेतना, मनोवैज्ञानिक परामर्श सर सल्लाह र स्वच्छ शान्त वातावरणको व्यवस्थापन गर्न बढी आवश्यक रहेको छ ।
नेपाली समाजमा मानसिक तनाव चिन्ता मनोरोगी बढ्नुको विविध कारण यस्ता रहेका छन् ः शैक्षिक बेरोजगारी, लागू पदार्थ दूव्र्यसनी, गरिवी, वातावरण, माया ममता सहयोगको कमी, एकल परिवार, पारिवारिक कलह, झैं झगडा, अन्र्तजातिय प्रेम विवाह, वैदेशिक रोजगारी, यौन दूव्र्यवहार, बलात्कार र राजनैतिक अस्थिरता इत्यादि ।
नेपाली समाजमा मानसिक पिडा तनाव (डिप्रेसन) को रोगी शिक्षित घर परिवार
तथा सुविधा सम्पन्न समाजमा बढी भेटिएको छ । शिक्षित परिवारमा प्रत्येक व्यक्ति स्वतन्त्रता चाहने आफ्नो व्यतिगत जीवनमा अरुको हस्तक्षेप नचाहने, व्यक्तिहरुमा आफ्नो सधै परिवारको कमी कमजोरी लुकाउने, धाक, वृmतिम जीवन शैली देखाउने इज्जत प्रतिष्ठाको लागि मानसिक पिडा र आवश्यक ब्यक्तिमा उचित रेखदेख हेरविचार नगर्ने जस्ता प्रवृति बढेको छ ।
समाज परिवारमा हामी भन्ने भावना कम, म भन्ने स्वभाव बढेको छ । आफु नै सर्वश्रेष्ठ हो अरुको जीवन अधिकार भावना खुसी स्वतन्त्रता केहि होइन, मैले गर्दा अरुलाई के –कस्तो असर पर्दछ को सो को मतलव छैन । आजकाल समय सापेक्ष सवै कुरामा आपूmलाई अब्बल साबित गर्न नसक्नु, प्रतिस्पर्धी समयमा कसैलाई कसैको मतलब नहुनुले नेपाली समाजमा मनोरोगी, मानसिक तनावका व्यक्तिहरु दिन प्रति दिन बढ्दै गएको छ । भनिन्छ, चिन्ताले नै चितामा पुर्याउँछ, वनको बाघले नखाए पनि मनको वाघले खान्छ भने जस्तै नेपाली समाजमा मनोरोगी (डिप्रेसन) को रोगी समस्या प्रमुख सामाजिक समस्याको रुपमा देखा परेको छ ।
-प्रविन आचार्य
Leave a Reply