काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाइ काेराेना संक्रमण भएकाे छ । खरेलले आफ्नाे फेशबुकबाट आफूलाइ काेराेना पाेजेटिभ भएकाे बताएका छन्। केही दिन अघि मेयर खरेलका गाडी चालकलाइ काेराेनका सङक्रमण देखिएकाे थियाे ।
चालकलाइ काेराेना संक्रमण देखिएपछि धेरैले मेयर खरेललाइ सावधानी अपनाउन तथा भिडभाडमा नहिड्न सल्लाह दिए पनि खरेल झन् धेरै भीडभाडमा देखिएका थिए । कार्यक्रम उद्घाटनदेखि वन फडानीसम्ममा मेयर खरेल असावधानीपूर्वक पुगेका थिए । उनले असावधानी पुर्याएकाे धेरैले आलाेचना पनि गरेका थिए ।
मेयर खरेलकाे असावधानीका कारण उनका निकट हुन पुगेकाे सयाैँलाइ आपत परेकाे छ । चालकलाइ पाेजेटिभ देखिएपछि क्वारेन्टिनमा बस्न धेरैले सल्लाह दिए पनि उनले मलाइ केही भएकाे छैन भन्दै मास्कसमेत राम्ररी नलगाइ सार्वजनिक कार्यक्रममा पुगेका खरेलका कारण नगरपालिका कर्मचारीदेखि, नेकपा पार्टी एवम् धेरै जन समुदायले अब के गर्ने भएकाे छ । याे बीचमा खरेलले यति धेरै सार्वजनिक कार्यक्रममा भाग लिएका छन् कन्ट्रयाक्ट ट्रेसिङ गर्नसमेत सम्भव नभएकाे बताइन्छ ।
मेयर खरेल यी सब कुरालाइ वेवास्ता गर्दै फेशबुकमा लेख्छन्, म अभियान मा सकृय छु, म स्वस्थ महसुस पनि गरिरहेको छु, तर, म Covid 19 35CT बाट,पोजिटिभ प्रमाणित् भएको छु । खरेलले फेशबुकमा लेखेझैँ के अभियानमा थिए ? भन्ने कुरा चासाे विषय भएकाे छ ।

Leave a Reply