ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख सल्लाहकार तथा पूर्व न्यायाधीश शम्भु बहादुर कार्कीको सम्झनामा शोक सभा सम्पन्न भएको छ । मौन धारण गरि स्वर्गीय कार्कीको फोटोमा फुलमाला गर्दै उहाँले समाजमा गरेका योगदानको वारेमा चर्चा भएको थियो । ढल्केश्वर महादेव मन्दिर वैदिक सनातन धर्मको आयोजनामा भएको शोक सभामा पूर्व न्यायाधीश कल्याण श्रेष्ठ समेत उपस्थित थिए । समाजसेवी तथा हरेक क्षेत्रमा एक अग्रणी भुमिका निभाउने स्वर्गीय कार्कीले ढल्केश्वर मन्दिरलाई प्यागोडा शैलिमा निर्माण गर्ने परिकल्पना गरेका थिए । जुन कार्यको शुरुवात समेत भएको छ । उनको सपना पुरा गर्न सम्पूर्ण ब्यक्तिहरुलाई सहयोग गर्न ठेचो जेष्ठ नागरिक चौतारीका अध्यक्ष बालकृष्ण थापाले अपिल गरे ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जगत महर्जन लगायत विभिन्न संघ संस्थाका ब्यक्तिहरुको उपस्थिति थियो ।
पूर्व न्यायाधीश शम्भु बहादुर कार्कीको गत बिहिवार राति निधन भएको थियो ।
Leave a Reply