छिमेकीको धारिलो हतियार प्रहारबाट श्रीमान घाईते श्रीमतीको मृत्यु

ब्रजकुमार पटेल

रौतहट । देवाही गोनाही नगरपालिकामा एकै परिवारका श्रीमान् र श्रीमतीलाई धारिलो हतियार प्रयोग गरि आक्रमण भएको छ । वडा नं ५ टिकुलिया बस्ने महेश तिवारी सक्त घाईते भएका छन् भने उनको श्रीमती जगरानी देवीको वीरगञ्ज न्यूरो अस्पतालमा मृत्यु भएको छ । हिजो (शुक्रवार) साँझ आफ्नो घर अगाडि बसिरहेको अवस्थामा सोही गाउँ बस्ने रामएकवाल मुखिया बिन, अछेलाल विन, सोनालाल मुखिया विन, वलि मुखिया विन, प्रदिप मुखिया विन, चुनचुन मुखिया विन, कृष्ण मुखिया विनले पूर्व रिसिभी र सामान्य झगडाको कारण आक्रमण गरेको रौतहट जिल्ला प्रहरी कार्यालयको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए । उनीहरु मध्ये अछेलाल विन र वलि मुखिया पक्राउ परेका छन् भने अरु फरार रहेको श्रेष्ठले जानकारी दिए ।धारिलो हतियार प्रहार गरि ज्यान लिने क्रममा उनीहरुको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।  गम्भीर घाइते भएका दुबै जनालाई उपचारको लागि बिरगंज स्थित न्युरो अस्पतालमा लगिएको थियो।