आर्थिक विपन्नता, वैदेशिक रोजगारी र राजनितिले निम्त्याएको सामाजिक समस्या

नेपाल एक विकासोन्मुख देश हो । जहाँको जनता कृषि, पशुपालन व्यवशायमा केन्द्रित छन् र पनि कृषिजन्य सामाग्रीमा परनिर्भर छन् । देशमा लामो समयसम्म चलेको राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक द्वन्दले जनताको जीवनस्तरमा कुनै पनि परिवर्तन ल्याउन सकेको छैन । जनताको नाममा जातजाति, वर्ग, क्षेत्र, धर्म, संस्कृतिको को नाममा केवल राजनिति मात्र भएको छ । जनताको पक्षमा कार्य गर्ने र जनताको अधिकारमा कुनै परिवर्तन आएको छैन ।
जनताहरु सधै पिडित नै छन्, त्रसित छन्, देशमा लामो समयसम्म विविध राजनैतिक,सामाजिक र आर्थिक द्वन्द क्रान्ति भए तर जसले राजनिति परिवर्तनका लागि योगदान दिए, सहिद भए उनीहरु र उनीहरुको परिवारको स्थिति नाजुक छ भने राजनिति मात्र गर्नेहरुको जीवनस्तर कहाँवाट कहाँ पुग्यो त्यो हामीले देखेकै छौ । जसको ढाँडमा टेकेर राजशैलिमा जीवन जिउनेहरु आज ति पिडा र दयनीय अवस्थामा जीउनेहरुलाई देख्दैनन् ।

राजनितिक परिवर्तन भए होलान् तर जनताको जीवनस्तर र पिडा त्यहीँ छन् । समाजमा परिवर्तनको नाममा केवल भ्रष्टाचार विवृmति विसङ्गति मात्र छ । जनतामा आर्थिक विपन्नता, गरिबी, अशिक्षाले गर्दा दिनप्रतिदिन झन् गरिवीमा अल्झिएको छ । निति नियम कानुन ऐन बनेको त छन् तर तिनीहरु केवल कागजी किताबमा सिमित छन् भने कति त गरिवका लागि कानुनै छैन जस्तो पनि देखिन्छ ।
आर्थिक विपन्नताले स्वदेशमा रोजगारीको अवसर नहुनुले शिक्षित अशिक्षित यूवा समुह नै रोजगारिको लागि विभिन्न राष्ट्रहरुमा विदेशिन बाध्य छन्।
देशबाट प्रत्येक दिन हजारौं यूवा रोजगारिको लागि खाडी राष्ट्रदेखि विकसित राष्ट्रहरुमा पलायन भएका छन् ।
शिक्षित यूवावर्ग शिक्षा र रोजगारीको नाममा लाखौं रकम लिएर सधैंको लागि अन्तै विरानो संसारमा हराएका छन् । त्यही हराएका युवासंगै हाम्रो धर्म, संस्कृति, परम्परा,आफ्नो पन, मौलिकता समेत हराईरहेका छन् । समाज, प्रशासन, राष्ट्र सञ्चालक,राजनैतिक दल र दलका नेता बुद्घिजीवी वर्गलाई कुनै मतलब नभए जस्तो देखिन्छ । उनीहरुलाई त केवल रेमिट्यान्स र आफ्नो फाइदा र राजनिति गर्ने विषय भए पुग्छ ।
वैदेशिक रोजगारीले गर्दा देशमा युवा जनशक्तिको कमी भएको छ । गाउँघर विराना खण्डर भएका छन् । समाज परिवारमा सामाजिक वातावरण विग्रीन पुगेको छ । परिवारमा आर्थिक पारिवारिक कलह द्वन्द झैं–झगडा मौलाएको छ ।
वैदेशिक रोजगारीमा जाने यूवा वर्गमा मानसिक समस्या, तनाव तथा दूव्र्यसन बढेको छ । पारिवारिक विचलन झैं–झगडा, पारिवारिक विघटन जस्ता विविध सामाजिक, पारिवारिक समस्या थपिदैं छ । वैदेशिक रोजगारीबाट राष्ट्रलाई आर्थिक फाइदा त होला तर गरिब जनताहरु वैदेशिक रोजगारिबाट आर्थिक फाइदा लिनुको  सट्टा अकालमा ज्यान गूमाउन पुगेका छन्। कतिका सपनाहरु खाँडि राष्ट्रबाट बाकसमा लास भएर आएका छन्। कति यूवावर्ग अङ्ग भङ्ग भएका, मानसिकविचलन भएका छन् । श्रम सँगै जवानी र जिवन सिध्याएका छन्। वैदेशिक रोजगारिले धेरै यूवा परिवारका सपना केहि मात्रामा पूरा गरेको होला तर समग्रमा धेरै यूवावर्ग, परिवारमा सामाजिक, आर्थिक, पारिवारिक, मानसिक समस्या बढेको देखिन्छ । समयमा नै राष्ट्र, प्रशासन, राजनैतिक पार्टी, राजनितिक कर्मी बूद्धिजीवि, समाज र परिवारले नै यूवावर्गलाई स्वदेशमा नै परिश्रम गरि खाने वातावरण नबनाए राष्ट्रमा ठूलो सामाजिक समस्या निम्तिनेछ ।

प्रविन आचार्य