नेपाल स्काउटको नेतृत्वमा १५ दिने SMS सचेतना अभियान

उपत्यकाको ३ वटै ज़िल्लामा कोभिड-१९ को सँक्रमणबाट बच्नका लागि १५ दिने एस एम एस सचेतना अभियान चलेको छ । भदौ २० गते देखि सञ्चालन भइरहेको अभियान नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम् युनिसेफ नेपालको सहयोगमा सञ्चालन भईरहेको छ । अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययनरत बिद्यार्थी समेत गरी १०० जना स्वयं सेवकहरु उपत्यकाका ३ जिल्लालाई १३ क्लस्टर बनाई दैनिक रुपमा परिचालन हुँदै आएका छन् ।

स्वयम् सेवकहरु हरेक दिन बिहान र बेलुका उपत्यकाका भीडभाड हुने बिभिन्न ठाउँहरू कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज र ललितपुरका पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो तथा भक्तपुरका सबै नगरपालिकालाई लगायतका क्षेत्रमा कोभिड-१९ बाट बच्न र बचाउन जनचेतनामुलक अभियान अन्तर्गत मुख्य रुपमा कम्तीमा २ मीटर भौतिक दुरी कायम गर्न सिकाउने र अनुरोध गर्ने, घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गर्नुका साथै यसको सहि प्रयोग गर्न सिकाउने, र मास्क नलगाएकालाई मास्क वितरण समेत गर्ने, बिस सेकेण्डसम्म साबुन पानीले मिचिमिचि हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ९एस। एम। एस० लगायतका जनचेतना अभिवृद्धि गर्ने अभियानमा लागिरहेका छन् ।


भदौ ३१ गते स्वयं सेवकहरुसँग साथ मिलाउँदै नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारी लगायत नेपाल स्काउटको नेतृत्व समेत फिल्डमा खटिएको छ । संंयोजक भण्डारीले अभियानमा खटिएका स्वयंंसेवकहरुलाई प्रोत्साहित गर्न र अभियानलाई गति प्रदान गर्न आफु समेत स्वयं सेवकहरुसँगै फिल्डमा आएको बताए। साथै, उहाँले कोभिड १९ प्रति आम मानिसले  बुझ्न सक्ने सरल भाषामा सन्देश प्रवाह गर्दै उनीहरुलाई थप सुसुचित गराउने र समाजमा कोभिड १९ बारे भ्रामक गलत सूचना प्रबाह हुन नदिने यस अभियानको उद्देश्य रहेको कुरा बताए ।

सहि तरिकाबाट मास्क लगाउनु, साबुन पानीले मिचीमिची हात धुनु, एक अर्काबीच कम्तीमा २ मीटर दुरी कायम गर्नु पर्छ भन्ने जान्दा जान्दै पनि आम मानिसहरुले यसलाई पालना गरेका छैनन् भन्दै उक्त तथ्यलाई स्वस्पूmर्त रुपमा पालना गर्ने गराउने वातावरणको सिर्जना गर्ने कार्यमा यस अभियान फलदायी हुने कुरा अभियानमा सहभागी नेपाल स्काउटका निर्देशक श्री राम प्रसाद भट्टराईले बताए।

१५ दिनसम्म सञ्चालन हुने अभियानको आज बाह्रौँ दिन हो । अभियानमा माईकिंग गरी कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सही सुरक्षा मापदण्ड बारे सूचना दिने, आबश्यक परेकाहरूलाइ माक्स र स्यानिटाइजर समेत बितरण गरिएको छ ।