हामीलाइ थाहा छ, कोभिड -१९ को कारण यति बेला सिङ्गो मानव समाज नै अत्यन्तै ठूलो समस्यामा परेको छ । बिशेष गरि अहिले काम गरेर साझ छाक टार्ने र दैनिक ज्यालादारी गरि खाने बर्ग छ त्यो बर्ग अत्यन्तै समस्या मा छ । अरु धेरै चर्चा नगरौ !
बिशेष गरि गत चैत्र ११ गते जब सरकारले कोभिड -१९ को रोकथाम नियन्त्रण र उपचारका लागी लकडाउन शुरु गर्यो राहत बितरणको सन्दर्भमा गोदावरी नगरपालिका धेरै बिबादमा पर्यो । एकपटक स्मरण गरौ, गोदावरी नगरपालिकाले लकडाउन भएको कुन दिन बाट राहत बाडन शुरु गर्यो , के त्यति बेला राहत बाड्ने बेला भएको थियो ?
यो महामारी दुई चार दिनमै सकिन्छ भने जसरी अरु स्वास्थ्य सामाग्रीको तयारी गर्न छोडेर के लकडाउन भएको दोश्रो दिन बाटै राहत बाड्नु पर्ने अवस्था थियो ? सबैभन्दा महत्त्वपूर्ण र गम्भीर प्रश्न, के राहत बाड्नु पर्ने लाई मात्रै बाडिएको थियो कि जसलाई पनि बाडिएको थियो ?
हिजो राहत बाडिएकाहरुको एक पटक हामी लिष्ट हेरौँ, पाउनै पर्ने ले मात्रै पाए वा जसले पनि पाए १ कुनै उचित मापदण्ड निर्धारण गरियो वा उहि भुकम्पको बेलाको जस्तो जसले पनि पाउने मापदण्ड निर्धारण गरियो एकपटक स्मरण गरौ ।
बिशेष गरि संघीय सरकारले यो महामारीको बेलामा कोहि पनि भोकै नपरुन् भन्ने उद्देश्यले उचित मापदण्ड बनाएर राहत बितरण गर्ने जिम्मेवारी स्थानीय तह लाई दिइएको हो कि होइन ? एकद्वार प्रणाली द्वारा स्थानीय तह मार्फत मात्रै राहत बितरण गर्ने भनिएको होकि होइन ? त्यही अनुरुप सबै स्थानीय सरकारले जस्तै गोदावरी नगरपालिकाले पनि कोभिड-१९ नियन्त्रण ,रोकथाम र उपचार को लागि राहत कोष स्थापना गरिएको हो कि होइन ? त्यो राहत कोषमा विभिन्न राजनितिक दल ,सामाजिक संघ संस्था ,जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर लगाएत विभिन्न सहकारी संस्था हरुले पनि राहत कोषमा आफुले सकेको रकम सहयोग गरेको होकि होइन ? यी सबै कुरा यथार्थ हुदा हुँदै अनि अहिलेको यो नाटक मन्चन के का लागि !
नगर प्रमुख ज्यु ! चैत्र ११ गते लकडाउन भएदेखी यता हामीले गोदावरी नगरपालिकामा स्थायी बसोबास गर्ने कति नागरिक लाई अनि बाहिर बाट यहाँ आएर बसोबास गर्ने कति नागरिक लाई कति समय सम्मको लागि राहत दिनुपर्ने हो ,कति मान्छे ले रोजगारी गुमाए होलान , गोदावरी नगरपालिकामा दर्ता भएका कति व्यवसाय धराशायी भए होलान ? यसको रेकर्ड अनि यीनीहरुको लागि कुनै योजना छ कि खाली तपाईंको पार्टीको भातृ संघ संगठनका नाममा दुई किलो चामल अनि दुई पाउ दालमा आफ्नो राजनिति अगाडि बढाउने बिचार गर्नु भएको हो ?
समस्यामा परेका नागरिकहरुलाई हामीले दिनहु छाक टार्नको लागि दुई दुई किलो खाद्यान्न दिने होकि , साच्चिकै समस्यामा परेका आफ्ना नागरिकहरुलाई कति समयसम्मको लागि कुन प्रयोजन बाट राहत बितरण गर्ने हो ? अब गोदावरी नगरपालिका संग कुनै योजना नभएको हो ? अब यत्रो स्थानीय सरकारले नसकेर भातृ संगठन हरुलाई सडकमा उतार्नु पर्ने बेला भएको होर ?
हेर्दा बिज्ञापन गर्न लाई लोकप्रिय जस्तो लागे पनि एकद्वार प्रणाली बाट जननिर्वाचित संस्था नगरपालिकाले नेतृत्व गर्नुपर्ने काम अन्तैबाट शुरु हुदाँ फेरि अर्को राजनितिक पार्टीले अर्को कुनै चौर बाट , अर्को कुनै सामाजिक संस्था ले अर्को कुनै सडक बाट अनि अर्को कुनै भातृ संघसंगठनले अन्त कतै पसल बाट जथाभावी ढंगले राहत बितरण गर्न थालियो भने त्यसले कस्तो सन्देश देला ? के अहिले स्वयं नगर प्रमुखको उपस्थितिमा सडकमा भैरहेको यो प्रदर्शन अनि सामाजिक सन्जालमा गरिएको सस्तो प्रचारले गोदावरी नगरपालिका कै खिल्ली उडाएन र ?
के अब गोदावरी नगरपालिकाले समस्यामा परेका आफ्ना नागरिकहरुको जिम्मेवारी लिन नसक्ने भएको हो ? अब नगरपालिकाले आफै नसक्ने भएर हात उठाउनु भएको हो भने बेग्लै कुरा होइन भने यो राहत बितरण को कामलाइ योजना बद्द ढंगले बितरण गर्ने गरि योजना बनाउनुहोस, अनि जननिर्वाचित संस्था हरु वडा कार्यालयहरु मार्फत राहत बितरण गर्नुहोस । राहत कोषलाइ बलियो बनाउने हो भने पुन एकपटक स्थानीय संघ संस्था ,व्यापारी अन्य विभिन्न निकायहरुलाइ राहत कोषमा सहयोग गर्नका लागि आव्हान गर्नुहोस । प्रदेश सरकार र संघीय सरकार मार्फत अधिकतम सहयोग लिने उद्देश्यले यहाँबाट प्रदेश र संघ मा निर्बाचित प्रतिनिधिहरु संग बलियो समन्वय गर्नुहोस । आवश्यक पर्यो भने शिक्षकहरु सामाजिक संघ संस्था का प्रतिनिधिहरुलार्इ समेत स्वयंसेवकको रुपमा प्रयोग गर्नुहोस ।
आफ्नो जिम्मेवारीमा आफ्नो नेतृत्वमा गर्नु पर्ने कामहरु आफ्नो पार्टीका भातृ संघसंगठनका युवा हरुलाइ प्रयोग गरेर यो विधि र प्रक्रियाको खिल्ली उडाउने काममा सहभागी भएर ताली नबजाउनुहोस । यसले समाजमा राम्रो सन्देश गएको छैन, मेयर ज्यु ! नगर प्रमुखको हैसियतमा समस्या परेका आफ्ना नागरिकहरुको जिम्मेवारी बाट कृपया उम्कने प्रयास नगर्नुहोस् ।
पुरुषोत्तम हुमागाँई
( उहाँ नेकपाका कार्यकर्ता हुनुहुन्छ । )
यो प्रश्न सबभन्दा पहिला केन्द्रिय सरकारको नेतृत्व गर्दै जोक चुट्किला सुनाउन ब्यस्त सरकार प्रमुख अनि यो विषम परिस्थितिमा पनि चुइक नबोली दुलोमा लुकेर बस्ने यस छेत्रका प्रदेश तथा संघीय साम्सद ज्युहरुलाई प्रश्न गर्ने हो कि ? र रह्यो प्रस्नको कुरा मेयर गजेन्द्रले हात उठाउनु भएकै हो , गरिब, ज्याला मजदुरि गर्नेहरुको भोको पेट भर्न अनि छाक टार्न नसकेका हरुको छाक टार्न अगाडि बढेकै हो !