नेपाली सेनाको वीरता र गाथा सायदैं कसैले ब्याख्या गरि रहनुपर्छ जस्तो लाग्दैन । बिश्वका आतंकवाद र युद्धको चपेटामा परेका जनताहरुको रक्षार्थ नेपाली शान्ति सैनिकको भुमिका उल्लेखनीय छ । बिश्व शान्ति स्थापनामा योगदान पु¥याए बापत ६२ वर्षको अवधिमा नेपाललाई बिश्व सामु चिनाउन नेपाली सेनाले बिश्व शान्तिमा पु¥याएको योगदानको कदर स्वरुप विभिन्न समयमा शान्ति पदक प्राप्त गर्न समेत सफल भएको छ । सेनाले आर्जन गरेको बिश्वासका कारण नै विश्वसनीय स्थायी शक्तिका रूपमा नेपाल स्थापित छ भने बिश्व शान्तिमा पनि चन्द्र सूर्य अंकित झन्डाको योगदानलाई चीरस्मरणीय बनाएको छ।पहिलोपटक सन् १८५८ मा युनाइटेड नेशन्स अब्जर्भेसन ग्रुप इन लेबनान (युएन ओजी आईएल) मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।‘शान्ति मिसन’ यात्रामा नेपाली सेनाले द्वन्द्वपीडित जनताको मन जितेर शान्ति कायम राख्न सिपालु पिस च्याम्पियन’को छविसमेत बनाउन सफल भएको थियो ।
अनुशासनमा रहेर दिएको जिम्मेवारी उत्कृष्ट ढङ्गबाट पूरा गरेकै कारण संयुक्त राष्ट्र सङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा नेपालबाट शान्ति सेनाका रुपमा खटिएका ६९ जना सैनिकले सहादत प्राप्त गरेका छन् भने ६६ जना घाइते भएका छन् । सेनाका एक लाख ३० हजार सकल दर्जाले हालसम्म संसारका ४२ वटा मिसनमा खटिइ शान्तिका लागि विशिष्ट योगदान पुयाइसकेका छन् ।जसमध्ये नेपाली सेनाका १४०० भन्दा बढि महिलाले सहभागिता जनाइसकेका छन् ।द्वन्द्व ग्रस्त मुलुकमा मानव अधिकार र मानवीय सहायताको पक्षलाई ध्यान दिँदै पछिल्लो समय महिला सैनिकको माग बढिरहेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन् । जसमा नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरी जम्मा पाँच हजार भन्दा बढि सुरक्षाकर्मी छन् । शान्ति सेना कङ्गो, दक्षिण सुडान, मोरक्को, इजरायल, सुडान, लेवनान्, माली, सिरिया, सेन्ट्रल अफ्रीका रिपब्लिक, इराक, लिबियामा परिचालित छ ।नेपाली सेना शान्तिको लागि फिल्डमा काम गर्ने चार ठूलो सैन्यमा पर्दछ ।
निकै असजिला स्थान र द्वन्द्व बढी भएको स्थानमा नेपाली सेनाको उपस्थिति छ ।“नेपाली सेनाले संसारमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको छ, यसप्रति हामीलाई गौरवको अनुभूति भएको छ ।” शान्ति सैनिकको कार्यशैली, उद्देश्य र जिम्मेवारी परिवर्तन हुँदै आएको वर्तमान परिप्रेक्षमा समेत नेपाली सेनाको जिम्मेवारी झन् झन् थपिँदै गएको छ ।मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि प्रतिबद्ध समावेशी चरित्रको नेपाली सेना विश्व शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा पहिलो पङ्क्तिमा रहेर काम गर्दै आएको छ ।कतिपय द्वन्द्वरत मुलुकका महत्वपूर्ण संरचना, स्थल र विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी पनि नेपाली सेनाले लिने गरेका प्रशस्तै उदाहरण छन् ।
निर्देशन पालना, व्यावसायिक, अनुशासन र मिलनसार चरित्र भएकै कारण नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकका जनताको मन जित्न सफल भएको छ ।भूगोलको हिसाबले सानो राष्ट्र भए पनि विश्व शान्तिका लागि नेपालको ठूलो योगदान छ, नेपाली सैनिक जुन ठाउँमा खटिन्छन् त्यो ठाउँमा प्रभावकारी काम हुन्छ भन्ने सन्देश दिन संगठन सफल भएको छ ।
शान्ति सैनिक पहिलो पटक खटाउने सन्दर्भमा निकै संवेदनशील मानिएका लाइबेरिया, कङ्गो, सुडान लगायतका मुलुकमा नेपाली सेनाले अग्रपङ्क्तिमा रही महत्वपूर्ण जिम्मेवारी सम्हालेको घटनालाई सर्वत्र प्रशंसा हुँदै आएको छ । शान्ति स्थापनार्थ गरेको योगदान अनुसारको नेतृत्व र जिम्मेवारी पाउन नेपालले संयुक्त राष्ट्र सङ्घलाई आग्रह गर्दै आएको छ ।
Leave a Reply