टर्की कि कानुन व्यवसायी तथा मानव अधिकारकर्मी एब्रु तिम्तिकको तीन दिन अघि भोक हडतालको कारण निधन भएको छ । टर्की सरकारले आतंककारी भन्दै सन २०१७ मा १८ जना कानुन व्यवसायीहरुलाई गिरफ्तार गर्ने क्रममा उनलाई पनि पक्राउ गरेको थियो ।
टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ । उनलाई टर्किेस सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो । टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोक हडताल गर्दै यो वर्ष मात्रै चर्चित जनगायिका हेलिन बोलेक लगायत चार जनाले मृत्युवरण गर्न वाध्य भैसकेका छन ।
Leave a Reply