प्रकृतिको आयूर्बेद काखमा लुटुपुटु गरेर कोरोना सङ्ग डराउन सुहाउँदैन हामीलाई, यो एक क्रूर जियो आतंक हो

आदरणीय सम्पुर्ण नेपाली समुदाय,
प्रकृतिको सुन्दर आयूर्बेद बगैचामा जन्मिएका हामी नेपालीहरु हिमालको काखबाट प्राकृतिक बुलन्द्दिको उदाहरण देखाउदै कोरोना माफियाहरुलाइ निरुत्साहित पार्न जरुरी छ। प्रकृतिको काखमा लुटुपुटु गरिरहेका हामी नेपालीहरुलाइ यस्ता वाइयात चक्रब्यूले छोप्न सक्दैन। राजनीतिमा लाजनिती पक्कै छ हाम्रो देशमा ! दुखका साथ यथार्थ भन्नै पर्छ। नत्र संसारको एक धनी अनि अत्यन्तै सुन्दर आध्यात्मिक, सन्सारको स्वप्न नगरिका भाग्यमानी नेपाली पक्कै हौ हामी।

यावत कठिनाइ,बेतालमेल, मीठो संस्कृति भित्रका तिता बिकृतिहरु बिचमा पनि मन भित्रको सानो मनभित्र नियालेर आत्मा छामेर हेर्दा हामी सम्पुर्ण नेपाली, गाढा रातो ! मीठो ! न्यानो प्राकृतिक प्रेमले भरिएका छौ। त्यो मीठो प्रेम ! हामिलाइ प्रकृतिले सिकाएको छ !

हिमालले सिकाएको छ, उच्चतामा सबैलाइ नियाल्ने !

गुराँसले सिकाएको छ बुलन्द्दिका साथ ठन्डिमा कोपिला लाग्दै मीठो रङ्गमा रङ्गिने !! डाडा-काडा करेसाबारीहरुका बोट बिरुवाहरुले आयूर्बेद सास फेराइरहेको छ !!

प्रकृतिको आयूर्बेद काखमा बसेर कोरोना माफियाहरु सङ्ग डराउन सुहाउदैन हामीलाई । 

नमज्जा सङ्ग आतंक फैलायो कोरोनाको नामले ! बर्बाद बनायो कयैन जीवनहरु ११ यो एक क्रूर जियो आतंक हो 😢।। बेवकुब बनाइरहेको छ सम्पुर्ण बिश्व मानव समाज ।

तहस नहस बनाउन खोज्दैछ अर्थतन्त्र । त्रसित मानव अनुहार अनि चिच्चाहट्को मजा लुट्ने क्रूर ग्लोबल जाल हामी नेपाली समक्ष पटक्कै पुग्न सक्दैन !

कवज छ हामी नेपालीहरु सङ्ग बलियो प्राकृतिकताको !! कवज छ हामी नेपालीहरु सङ्ग एक रुपताको !! कवज छ हामी सङ्ग ईतिहास वीर गोर्खालीको ।

इतिहासलाई नियालौ 😊 ! जङ्गलको सिस्नोको बुटा सङ्ग हारेका थिए अंग्रेज़।  प्राकृतिक बारुलाहरु सङ्ग डराएर भागेका थिए अङ्रेज । इतिहास भुल्ने हाम्रो कमजोरीका कारण हामी पछि परिरहेको छौ !

आयूर्बेदको काखमा लुटुपुटु गर्दै कोरोना सङ्ग डराइ रहेका छौ। प्राकृतिक जीवन शैली अनि हाम्रो संस्कृतिको बारेमा विश्व समुदायको माझ एक उधारणिय रुपमा प्रस्तुत हुँदै कोरोना एन्टिडट आविष्कारको अनावश्यक भौतिक रेसलाइ प्राकृतिक जीवनशैलीले प्रयास्त गराउन बिश्व समुदायलाइ उदाहरणिय सहयोग गर्नुपर्ने सुनौलो अवसरमा खुट्टा कमाउदै राजनितीले थिलथिल भएको नेपाल आमाको छातिमा शक्तिशाली क्रूर जियो बुट बजार्नुले नेपाल र नेपालीको अवस्था कृटिकल हुँदै नेपाललाइ गिद्दे नजर लगाइ सखुनी गोटि चालिरहेका सखुनी मामाहरुले राष्ट्रियता माथि नै बाजिमार्न सक्ने अवस्था निम्तिन सक्नेछ।

– मधु कार्की

( माथि उल्लेख गरिएको लेख उहाँको निजि विचार हो )