राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ

काठमाडौं । नेपाली राष्ट्रिय झण्डा जलाएको भिडियो अपलोड गर्ने यूटुव च्यानलका ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई राष्ट्रिय झण्डा जलाएको अभियोगमा कानुन बमोजिम कारबाही गरिने जानकारी प्राप्त भएको छ ।

उक्त भिडियो MONGOL HOP OFFICIAL YouTube Channel बाट सोमवार अपलोड भएको थियो । म्यूजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।